Loading...
 

क्लबका किसिमहरू

 


Club President and Agora Ambassador Santiago Becerra and the members of the Agora Speakers Madrid club in Spain.
क्लब अध्यक्ष र एगोरा राजदूत स्यान्टियागो बेसेरा र स्पेनमा एगोरा स्पीकर्स म्याड्रिड क्लबका सदस्यहरू।

 

अगाेरा स्पिकरमा पाँच प्रकारका क्लबहरु हु्न्छन्, त्याे आधारभूत रूपमा सदस्यतामा उनीहरूकाे प्रतिबन्धहरूको संख्यामा भर पर्छन् र उनीहरू अगाेरा शैक्षिक कार्यक्रममा कत्तिको नजिकबाट परिपालना गर्छन भन्नेमा भर पर्छ ।

  • सार्वजनिक क्लबहरू सबैभन्दा लोकप्रिय र कम से कम प्रतिबन्धित क्लब हो जुन प्रकारमा हामी क्लब संस्थापकहरूलाई विचार गर्न प्रोत्साहित गर्छौं।  थप रूपमा, सार्वजनिक क्लबहरूले एगोरा स्पिकर अन्तर्राष्ट्रियलाई कुनै शुल्क तिर्दैनन्।
    • सन्दर्भ क्लबहरू एक विशेष प्रकारको सार्वजनिक क्लब हो जुन असाधारण रूपमा राम्रोसँग काम गर्नको लागि परिचित छ र त्यो दृढ रूपमा अगाेरा शैक्षिक मोडेल पालन गर्दछ। तिनिहरू क्लबहरू हुन् जसलाई नक्कलका लागि मोडेलको रूपमा प्रयोग गर्न सकिन्छ, एक राम्रो क्लबले कसरी काम गर्न सक्छन् भन्नेको सन्दर्भको रूपमा।
    • युवा क्लबहरू सार्वजनिक क्लब को अर्को विशेष प्रकार हो जुन विशेष गरी बच्चाहरुको लागी बनाइएकाे छ। तिनीहरू भूमिका, अधिकारी, र एक अनुकूलित शैक्षिक कार्यक्रमको एक सरलीकृत सेटको अनुसरण गर्छन्। सामान्यतया, तिनीहरूको उमेर सीमा ६ देखि १४ वर्ष बीचमा हुन्छ, यद्यपि त्यो प्रत्येक क्लबमा निर्भर हुन्छ।
    • बाह्य सम्बद्ध क्लबहरू क्लबहरू हुन् जुन अर्को संगठनसँग सम्बन्धित छ (सामान्यतया एक नाफारहित) तर सार्वजनिक अगाेरा क्लबको रूपमा कार्य गर्दछ।
  • प्रतिबन्धित क्लबहरू क्लबहरू जुन सदस्यताका लागि विशेष आवश्यकताहरू हुन्छन्, प्राय: व्यावसायिक वा अनुभवका सर्तहरूमा।
  • सार्वजनिक रुचि क्लबहरू (पिआइसि) क्लबहरू जुन सदस्यताका सर्तहरूमा प्रतिबन्धहरू छन् तर सार्वजनिक हितको सेवा गर्दछन् र कुनै शुल्कबाट छुट दिइन्छ। सार्वजनिक रुचिकाे क्लबकाे स्थिति एक केस-द्वारा-केस आधारमा फाउन्डेशन द्वारा प्रदान गरिन्छ।
  • कर्पोरेट क्लबहरू क्लबहरू हुन् जुन एक संस्था भित्रै सम्मिलित हुन्छन् र मात्र त्यो संगठनका कर्मचारीहरूमा सीमित हुन्छन् ।

एगोरा स्पिकरमा सबै क्लबहरू त्यतिकै महत्त्वपूर्ण हुन्छन्, र सबै क्लब सदस्यहरूले उस्तै समान अधिकारहरूको मजा लिन्छन् र उनीहरुले लिने क्लबकाे प्रकारमा भर पर्दैन।

 

 


Contributors to this page: agora and puspa.khanal .
Page last modified on Monday August 30, 2021 01:07:32 CEST by agora.